अवैध बुद्धचित्त र रुद्राक्ष मालासहित तीन जना मकवानपुर प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०७६ पुष २८,सोमबार १२:४७

हेटौंडा, २८ पुस । मकवानपुर प्रहरीले अवैध बुद्धचित्त र रुद्राक्षसहित तीन जनालाई नियन्त्रण्मा लिएको छ । प्रहरीले १ हजार ७ सय ७० थान बुद्धचित्त माला र १ सय ४४ थान रुद्राक्षको मालासहित उनीहरुलाई आईतबार मनहरी गाउँपालिका वडा नं. ७ स्थितबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा भारत देश बिहार बस्ने ३२ वर्षीय मुन्ना यादव, काभ्रेको साविक तिमाल गाविस वडा नं. २ बस्ने ४२ वर्षीय जगत लामा तामाङ रसोही गाविस वडा नं. ६ बस्ने ४२ वर्षीय सुर्यमान तामाङ रहेका छन् ।

काठमाण्डौबाट भारत तर्फ जाँदै गरेको बिआर ०१ पिएच ४९४० नम्बरको भारतीय कारलाई चेकजाँच गर्दा उक्त कार भित्र बोरा र झोलामा लुकाई छिपाई ल्याएको सोही परिणामको माला फेला परेकोले प्रहरीले उनीहरुलाई उक्त कार र मालासहित नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ उनीहरुलाई उक्त गाडी, बुद्धचित्त माला र रुद्राक्ष मालासहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वन कार्यालयतर्फ पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*