मकवानपुरको रिसोर्टमा बास बसेका ८ जना भारतीय पर्यटकको मृत्यु
![](https://www.tukhabar.com/wp-content/uploads/2020/01/Daman.jpeg)
हेटौंडा, ७ माघ । मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकामा रहेको होटल पानोरमा रिसोर्टमा गएरातती बास बसेका ८ जना भारतीय नागरिकको मृत्यु भएको छ । ८ जनाकै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
नेपाल घुम्न आएका १५ भारतीय पर्यटक मध्ये ८ जना रिसोर्टको १०१ नम्बर कोठामा बास बसेका थिए । एउटै कोठामा ८ जना सुतेका भारतीय नागरिक आज बिहान बेहोस अवस्थामा भेटिएका थिए ।
बेहोस अवस्थामा रहेका भारतीय नागरिकलाई हेलिकप्टरबाट काठमडौंको ह्याम्पस अस्पताल लगिएको थियो ।
यो पनि पढ्नुहोस्