दामनको रिसोर्टमा मृत्यु भएका मध्ये चार बालबालिका
हेटौंडा, ७ माघ । दामनस्थित पानारोमा रिसोर्टमा बास बसेका १५ जना मध्ये ८ जना भारतीय नागरिकको मुत्यु भएको छ । नेपाल घुम्न आएका उनीहरु गएराती पानारोमा रिसोर्टमा बास बसेका थिए ।
मृत्यु भएका ८ जना मध्ये ४ जना बालबालिका रहेका छन् । मृत्यु हुनेमा ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव र ९ वर्षीया बन्द्रा रहेका छन् ।
रिसोर्टको १०१ नम्बर कोठामा बास बसेका थिए । एउटै कोठामा ८ जना सुतेका भारतीय नागरिक आज बिहान बेहोस अवस्थामा भेटिएका थिए ।
यो पनि पढ्नुहोस्
- मकवानपुरको पानोरमा रिसोर्टमा बसेका ७ जना बेहोस अवस्थामा
- पानोरमा रिसोर्टमा एक भारतीय मृत फेला
- दामनमा ८ जना भारतीयको मृत्यु भएको प्रहरीको पुष्टी, हेर्नुहोस नामावली