मकवानपुरबाटै छुटे भारत केरलाबाट घुम्न आएका साथी

तु खबर संवाददाता
२०७६ माघ ७,मंगलवार १९:५७

हेटौंडा, ७ माघ । बालबच्चासहित १५ जना भारतीय पर्यटकको टोली सोमबार बेलुका साढे मकवानपुरको उत्तरी क्षेत्र दामन पुग्यो । भारत केरला प्रान्तबाट नेपाल घुम्न आएका उनीहरु पोखरा भ्रमण सकेर दामनको रमणीय ठाउँ घुम्न आएका थिए ।

तर, परिवारसाथ आएको उक्त टोलीले दामन घुम्न भने पाएन् । १५ जना टोली मध्ये ८ जनाको आज बिहान मृत्यु भएको छ । दामनको एभरेष्ट पानारोमा रिसोर्टमा ४ वाटा कोठा बुक गरेर बास बसेका उनीहरुको १५ जनाको टोली ८ जनाको शव लिएर घर जार्नुपर्ने स्थिति सिर्जना भएको छ ।

नेपाल घुमेर सँगै घर फर्किने योजना बनाएर आएका ७ जना साथीहरुले आफ्ना भ्रमण टोलीका ८ सदस्यलाई नेपालै छोडेर जानु परेको छ । सँगै आएका अन्य सात जना आफन्तको मृत्युको शोक बोकेर मंगलबारै काठमाडौं फर्किएका छन्।

मृत्यु हुनेमा ३९ वर्षीय प्रविन कृष्ण नायर, उनकी श्रीमती ३४ वर्षीया शरजया नायर, ४ वर्षीया छोरी भद्र, ६ वर्षीया अर्की छोरी अर्चा र छोरा अभिनवको मृत्यु भएको छ । त्यसैगरी अर्काे परिवारका ३९ वर्षीय रञ्जित कुमार, उनकी श्रीमती ३१ वर्षीया इन्दु रञ्जित, दुई वर्षीय छोरा वैष्णभ रहेको प्रहरीले जनाएको छ ।

पालुङ घुमेर काठमाडौं हुँदै भारत फर्किने योजना बनाएका उनीहरूको असावधानी ज्यान गयो। न बाबुआमा रहे, न छोराछोरी। मृतक भारतीय पर्यटकको शव भारतीय दुतावासले पठाउने भएको छ ।

रिसोर्टको १०१ नम्बर कोठामा सुते दुई परिवारले बन्द कोठामा ग्यास हिटर बालेर सुत्दा ज्यान गुमाउने परेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*