अजिता प्रकरणः हत्याराको नजिक पुग्दै मकवानपुर प्रहरी
![](https://www.tukhabar.com/wp-content/uploads/2020/01/Ajita-bhujel.gif)
हेटौंडा, ८ माघ । अर्थनग्न अवस्थामा हेटौंडा–५ क्याम्पाडाँडामा मृत फेला परेकी अजिता भुजेलको हत्यारा नजिक प्रहरी पुग्न लागेको छ ।
क्याम्पाडाँडास्थित कान्तिलोकपथ सडक छेउ विभत्स तरिकाले हत्या गरी अजिताको शव फालिएको अवस्थामा भेटिएको थियो । माघ ४ गते शनिवार बिहान स्थानीयले उनको शव फेला पारी प्रहरीलाई खबर गरेका थिए ।
मकवानपुर प्रहरीले हेटौंडा–नवलपुर घर भएकी तेस्रो लिङ्गी अजिता भुजेलको हत्यामा संलग्न भएको आरोपमा ५ जनालाई पक्राउ गरिसकेको छ ।
मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक ललन प्रसाद कुर्मीले ५ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको तु खबरलाई जानकारी दिए ।
प्रवक्ता कुर्मीले प्रहरी अजिता हत्याराको नजिक पुग्न लागेको जानकारी दिएका छन् । प्रहरी बलियो प्रमाण जुटाउन लागिपरेको छ । अजिताको पोष्टमार्टम रिपोर्ट नआएपनि प्रहरीले हत्याको आशंकामा सुरु देखि अनुसन्धान गर्दै आएको थियो ।
प्रहरीले मोबाइल कल डिटेल, सिसिटिभी फुटेजलगायतका अन्य अनुसन्धानको आधारमा ५ जनालाई पक्राउ गरेको हो । मृतक भुजेलको घाँटीमा तारले बेरेको दाग थियो । टाउकोमा घाउचोट पनि देखिएको थियो ।
यो पनि पढ्नुहोस् ।
- हेटौंडाको क्याम्पाडाँडामा नवलपुरकी अजिता मृत फेला
- अजिता प्रकरण : घाँटीमा बिजुलीको तार बेरेर हत्या
- अजिता प्रकरण : हेटौंडा अस्पतालले शव पोस्टमार्टम गर्न नमानेपछि काठमाडौं पठाउँदै
- अपडेट– अजिताको शव क्याम्पाडाँडामा, स्कुटर थानाभर्याङमा
- हेटौंडाकी तेस्रोलिंगी अजिताको बलात्कारपछि हत्या
- हेटौंडाकी अजिता भुजेलको हत्या आरोपमा ५ जना पक्राउ