हेटौंडाका गिरी संघको बागमती प्रदेश उपाध्यक्षमा निर्वाचित
हेटौंडा, ११ माघ । हेटौंडाका तुलसी गिरी नेपाल आयुर्वेद औषधी व्यवसायी संघ बागमती प्रदेश उपाध्यक्षमा निर्वाचित भएका छन् ।
आज शनिवार काठमाडौंमा भएको संघको प्रथम अधिवेशनबाट गिरी उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । लेखनाथ फुयालको अध्यक्षतामा संघको २१ सदस्य कार्यसमिति गठन भएको छ ।
संघका केन्द्रीय अध्यक्ष जंगराज गिरीको सभाध्यक्षतामा भएको अधिवेशनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यता थियो ।
अधिवेशनबाट संघको प्रदेश महिला उपाध्यक्षमा अञ्जु सापकोटा उपाध्यक्षमा निर्वाचित भएकी छिन् ।