अवैध गाँजासहित मकवानपुरका दुई जना पक्राउ
हेटौंडा, १२ माघ । अवैध लागूऔषध गाँजासहित मकवानपुरका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. २ बस्ने ४२ कान्छाराम मुक्तान र सोही गाउँपालिका वडा नं. ९ बस्ने ३५ वर्षीय ज्ञान बहादुर प्रजा रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट पहरी सहायक निरीक्षक दमन तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार हेटौंडा–१० बसपार्कबाट १० किलो ५ सय ६० ग्राम गाँजासहित पक्राउ गरेको हो ।
मनहरी तर्फबाट बिरगंजतर्फ जाँदै गरेको ना ७ ख ६९० नम्बरको यात्रुबहाक बस रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार मुक्तान र प्रजाले बोकेको झोलामा उक्त परिणामको लागूऔषध गाँजा फेला परेपछि निजहरुलाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाइएको छ ।
पक्राउ व्यक्ति र गाँजालाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान तथा कारबाही भइरहेको मकवानपुर प्रहरीले जनाइएको जनाएको छ ।