राष्ट्रपति आउँदा सहीद स्मारकमा यस्तो भयो (फोटो फिचर)
हेटौंडा, १४ माघ । बागमती प्रदेशको राजधानी हेटौंडास्थित सहीद स्मारकमा राष्ट्रिपति विद्यादेवी भण्डारीले १ घण्टा समय बेतित गरिन् ।
राष्ट्रपति भण्डारीले स्मारकमा १ घण्टा बिताउँदा ३ वटा कार्यक्रममा सहभागी भइन् । सर्वप्रथम उनले स्मारक स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा मुख्य प्रवेशद्धारमा निर्माण गरिएको रजत जयन्ती स्तम्भको अनावरण, त्यस लगत्तै उनले ठूलो ढुंगामा कुदिएका सहीदका प्रतिमा र जननेता मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेकी छिन् ।
स्मारकमा रहेको प्रजातान्त्रिक पार्कको उद्घाटनसँगै राष्ट्रपति भण्डारीले प्रतिमा अनावरण पनि गरेकी छिन् । पार्कमा प्रजातान्त्रिक आन्दोलनका चारजना अगुवाहरुको प्रतिमा निर्माण गरिएको छ ।
यो पनि पढ्नुहोस् ।
- आज हेटौंडा आउँदै राष्ट्रिपति विद्यादेवी भण्डारी
- हेटौंडाको सहीद स्मारकमा सेनाको ‘घेरा’, सुरक्षा व्यवस्था कडा
- हेलिकप्टरबाट हेटौंडा आइन् राष्ट्रपति, केहीबेरमै स्मारक पुग्ने
- सहीद स्मारकमा राष्ट्रपतिको १ घण्टा, यस्ता छन् ३ कार्यक्रम
हेर्नुहोस् तस्बिर