४ जना मिलेर अजिताको हत्या, अभियुक्तहरु सार्वजनिक

तु खबर संवाददाता
२०७६ माघ २१,मंगलवार १०:४६

हेटौंडा, २१ माघ । हेटौंडाकी अजिता भुजेलको हत्यामा संलग्न भएको आरोपमा ४ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । आज मंगलबार पत्रकार सम्मेलन गर्दै मकवानपुर प्रहरीले अजिता हत्यामा संलग्नहरुलाई सार्वजनिक गरेको छ ।

हेटौंडा–११ घर भएकी तेस्रो लिङ्गी भुजेलको माघ ४ गते मध्यरात साढे १ बजे थानाभर्याङमा हत्या भएको खुलेको छ ।

उनको चार जना मिलेर हत्या गरेपछि शवलाई हेटौंडा–५ क्याम्पाडाँडामा लगेर फालेको प्रहरी अनुसन्धानले खुलेको छ ।

प्रहरीले अजिताको ओप्पो मोबाइल हेटौंडाकी एलिशा पाख्रिनको साथबाट बरामद गरेको छ । पाख्रिनलाई अजिता हत्यामा संलग्न भएका युवकले अजिताको मोबाइल दिएका थिए । प्रहरीले पाख्रिनलाई पनि पक्राउ गरेको छ ।

अजिता अत्या आरोपमा हेटौंडा–११ बस्ने २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ बस्ने २४ वर्षीय आशिष बल, हेटौंडा–१४ घर भएका २१ वर्षीय हम्चर भन्ने बुद्ध लामा, हेटौंडा–९ बस्ने १८ वर्षीय भापु भन्ने सिमोन परियार र हेटौंडा–४ का घनटाउके भनिने सुशिल थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*