अजिताको हराएको फोन खुलेपछि एकैदिन यसरी समातिए हत्या आरोपी
![](https://www.tukhabar.com/wp-content/uploads/2020/02/Ajiita-hatya-ra-mobile.jpg)
हेटौंडा, २१ माघ । अजिता हत्या प्रकरणमा १८ दिनसम्म लामो अनुसन्धानपछि प्रहरीले हत्यामा संलग्न भएकाहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले उनको हत्या भएको १६ दिनसम्म विभिन्न कोणबाट अनुसन्धान गर्यो ।
१६ दिनसम्म हत्यामा संलग्न भएकाहरुसँग प्रहरी पुग्न सकेको थिएन् । माघ २० गते सोमबार प्रहरीले एउटा सूचना पायो, अजिताको हराएको मोबाइल खुल्यो । अजिताले ओप्पो मोबाइल बोक्ने गरेकी थिइन् ।
सोमबार मोबाइल खुलेपछि प्राविधिक अनुसन्धानबाट मोबाइल बोक्ने व्यक्तिसम्म प्रहरी पुग्यो । प्रहरीले हेटौंडा–११ बस्ने २१ वर्षीया एलिशा पाख्रिनको साथबाट उक्त मोबाइल बरामद गर्यो ।
पाख्रिनसँग अजिताको मोबाइल कसरी आइपुग्यो ? अनुसन्धान गर्दैजाँदा अजिता हत्यामा संलग्न रहेका हत्या आरोपी आशिष बलले उनलाई मोबाइल दिएको भेटियो ।
आशिषलाई हक्चर भनिने बुद्ध लामाले मोबाइल दिएका थिए । बुद्ध लामालाई चितवनबाट पक्राउ गरी प्रहरीले सोधपुछ गर्दा अर्का व्यक्ति भापु भिनने ना ६ ख ६५२७ नम्बरको आइचर ट्रकका सहचालक सिमोन परियारले दिएको बताए ।
त्यसपछि प्रहरीले सिमोनलाई पक्राउ गर्यो । अजिताको सोही आइचर ट्रकमा हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
सिमोनलाई पक्राउ गरेपछि प्रहरीले अजिता हत्याको १७ दिनपछि हत्यामा संलग्न भएकाहरुलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीले हिजो सोमबार एकैदिन ५ जनालाई पक्राउ गरेर घटनाको विस्तृत अनुसन्धान गरेको प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिए ।
हत्या अभियोगमा प्रहरीले हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामालाई पक्राउ गरी सार्वजनिक आज सोमबार सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार ना ६ ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र थापा मगरले भुजेलसँग हेटौंडा–११ थानार्भयाङमा ७ हजार रूपैयाँमा यौन सम्पर्क गरी विवाद भएपछि उनीहरूसहित ४ जनाले हत्या गरेका थिए ।
परियारले घन्टाउके भनिने सुशील मगरलाई भेटेपछि यौन सम्पर्क गर्ने योजना बनाएका थिए । सोही योजना अनुसार उनीहरुले ट्रकमा अजितालाई पालैपालो यौन सम्पर्क गरे, तर रकम तिर्ने पैसामा विवाद भएपछि ट्रकमा रहेको बिजुलीको तारले घाँटी बाँधेर अंठ्याएर उनको हत्या गरेका थिए ।
महानगरीय प्रहरी अपराध महाशाखा, टेकु र मकवानपुर प्रहरीको टोलीको अनुसन्धानबाट अभियुक्तलाई पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।
यो पनि पढ्नुहोस्
- हेटौंडाको क्याम्पाडाँडामा नवलपुरकी अजिता मृत फेला
- अजिता प्रकरण : घाँटीमा बिजुलीको तार बेरेर हत्या
- अजिता प्रकरण : हेटौंडा अस्पतालले शव पोस्टमार्टम गर्न नमानेपछि काठमाडौं पठाउँदै
- अपडेट– अजिताको शव क्याम्पाडाँडामा, स्कुटर थानाभर्याङमा
- हेटौंडाकी तेस्रोलिंगी अजिताको बलात्कारपछि हत्या
- हेटौंडाकी अजिता भुजेलको हत्या आरोपमा ५ जना पक्राउ
- अजिता प्रकरणः हत्याराको नजिक पुग्दै मकवानपुर प्रहरी
- अजितासँग ‘लिभिङ टुगेदर’मा बस्ने फरार !
- अजिताको हत्या निर्मलाको जस्तो गुपचुप नहोस् (भिडियो समेत)
- यी हुन् अजितासँग ‘लिभिङ टुगेदर’मा बस्ने फरार युवक !
- अजिता हत्या प्रकरणः अनुसन्धान गर्न काठमाडौंबाट प्रहरीको विशेष टोली
- हेटौंडाकी अजिताको त्यो सपना जस्को उनीसँगै ‘हत्या’ भयो
- मृतक अजिता, भुजेलबाट कसरी भइन् घिसिङ ?
- अजिता हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गर्दै
- ४ जना मिलेर अजिताको हत्या, अभियुक्तहरु सार्वजनिक
- यौन सम्पर्कपछि रकम बार्गेनिङले लियो अजिताको ज्यान