हेटौंडामा बजाजको नयाँ शो रुम

तु खबर संवाददाता
२०७६ माघ २७,सोमबार १८:३४

हेटौंडा, २७ माघ । बागमती प्रदेशको राजधानी हेटौंडामा बजाजको शो रुम खुलेको छ । बजाज ब्राण्डका मोटरसाइकल र स्पेयर्स पार्टसको आधिकारिक बिक्रेता होराइज अटो प्रालिले शो रुम सञ्चालनमा ल्याएको हो ।

१४ वर्षदेखि मकवानपुरका लागि आधिकारिक बिक्रेता रहेको होराइजनले करिब ४ करोड ५० लाख लगानीमा नयाँ शो रुम निर्माण गरेको हो । सोमबार उद्घाटन गरिएको शो रुम नेपालकै एकमात्र सुविधा सम्पन्न र व्यवस्थित रहेको गोल्छा अर्गनाजेशनको दाबी छ ।

शो रुमको उद्घाटन गर्दै गोल्छा अर्गनाजेशनका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले नेपालकै पहिलो सुविधा सम्पन्न शो रुम होराइजन रहेको बताए । उनले नेपालभर यस्तो शो रुम नरहेको उनको दाबी छ ।

उनले देशभरमै सेल्स, रिपियर र स्पियर्समा उत्कृष्ट रहेको होराइजनले धेरै लगानी खर्चिएको बताए ।

सो रुममा सेल्स सर्भिस र स्पेयर्सको लागि नयाँ संरचना निर्माण गरिएको होराइजनका संचालक लालकाजीरत्न ब्रजाचार्यले जानकारी दिए । नयाँ प्रविधिसहित निर्माण गरिएको शो रुममा एक्सजेन्ज हाउस, एकाउन्ट, फाइनान्स, वयटिङ रुम, मिटिङ हल र अटोमेटिक डोर रहेको छ ।

बजाज ब्राण्डका सबै मोटरसाइकल र स्पेयर्स पार्टस बिक्री गर्ने होराइजनले शो रुमसँगै करिब १ करोड लगानीमा वर्क शपलाई थप व्यवस्थित बनाएको छ ।

वर्क सपको मर्मत सम्हारसँगै भर्टिकल प्यानल, र्याम्प, इन्जिन रुम, पार्किड, क्विक रिपियर सर्भिसलगायतका संरचना निर्माण गरिएको संचालक ब्रजाचार्यले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*