हेटौंडाकी अजिता भुजेल हत्यामा संलग्नलाई दोस्रो पटक म्याद थप
![](https://www.tukhabar.com/wp-content/uploads/2020/02/Ajita-hatya.jpg)
हेटौंडा, २ फागुन । तेस्रो लिङ्गीहरुको अधिकार क्षेत्रमा काम गर्दै आइरहेकी अजिता भुजेलको हत्या आरोपमा पक्राउ परेकाहरुलाई दोस्रो पटक म्याद थप गरिएको छ ।
हेटौंडा–११ नवलपुर घर भएकी अजिताको माघ ४ गते हत्या गरी क्याम्पाडाँडामा अर्धनग्न अवस्थामा शव फालिएको थियो । उनको हत्या आरोपमा मकवानपुर प्रहरीले माघ २० गते हेटौंडाका ५ जनालाई पक्राउ गरेको थियो ।
जिल्ला अदालत मकवानपुरले फागुन १ मा दोस्रो पटक ८ दिनका लागि म्याद थप गरेको तहशिलदार तुलसी लामिछानेले जानकारी दिए । हत्यामा संलग्नहरुलाई अदालतले दोस्रो पटक म्याद थप गर्दै थप अनुसन्धानका लागि थुनामा राख्ने आदेश दिएको हो ।
अजिता हत्या आरोपमा हेटौंडा ११ का २० बर्षीया एलिसा पाख्रिन, हेटौंडा ४ का २४ बर्षीय आशिस बल, हेटौंडा ४ का २१ बर्षीय बुद्ध लामा, हेटौंडा ९ का १८ बर्षीय सिमोन परियार र हेटौंडा ४ बस्ने २५ बर्षीय सुशिल थापा मगरलाई प्रहरीले पक्राउ गरेको थियो ।
यौन सम्पर्कपछि अजिताले माग गरेको रकममा विवाद हुँदा अजिताको ४ माघको मध्यरातमा हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ४ जना युवकले पालैपालो अजितालाई यौनसम्पर्क गरी हत्या गरेर क्याम्पाडाँडामा उनको शव फालेको प्रहरीले जनाएको छ ।
अजिताको हराएको मोबाइलबाट प्रहरी हत्यामा संलग्न व्यक्तिहरुसँग पुग्न सफल भएको थियो । अदालतले यसअघि हत्यामा संलग्नहरुलाई १० दिन म्याद थप गरेको थियो ।
यो पनि पढ्नुहोस्
- हेटौंडाको क्याम्पाडाँडामा नवलपुरकी अजिता मृत फेला
- अजिता प्रकरण : घाँटीमा बिजुलीको तार बेरेर हत्या
- अजिता प्रकरण : हेटौंडा अस्पतालले शव पोस्टमार्टम गर्न नमानेपछि काठमाडौं पठाउँदै
- अपडेट– अजिताको शव क्याम्पाडाँडामा, स्कुटर थानाभर्याङमा
- हेटौंडाकी तेस्रोलिंगी अजिताको बलात्कारपछि हत्या
- हेटौंडाकी अजिता भुजेलको हत्या आरोपमा ५ जना पक्राउ
- अजिता प्रकरणः हत्याराको नजिक पुग्दै मकवानपुर प्रहरी
- अजितासँग ‘लिभिङ टुगेदर’मा बस्ने फरार !
- अजिताको हत्या निर्मलाको जस्तो गुपचुप नहोस् (भिडियो समेत)
- यी हुन् अजितासँग ‘लिभिङ टुगेदर’मा बस्ने फरार युवक !
- अजिता हत्या प्रकरणः अनुसन्धान गर्न काठमाडौंबाट प्रहरीको विशेष टोली
- हेटौंडाकी अजिताको त्यो सपना जस्को उनीसँगै ‘हत्या’ भयो
- मृतक अजिता, भुजेलबाट कसरी भइन् घिसिङ ?
- अजिता हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गर्दै
- ४ जना मिलेर अजिताको हत्या, अभियुक्तहरु सार्वजनिक
- यौन सम्पर्कपछि रकम बार्गेनिङले लियो अजिताको ज्यान
- अजिताको हराएको फोन खुलेपछि एकैदिन यसरी समातिए हत्या आरोपी
- अजिता हत्या प्रकरणः अभियुक्तको बयान बाझियो, एसपी राठौरले पत्याएनन्
- अजिताको मोबाइल अन भएपछि फसिन् एलिसा