मिस वर्ल्ड २०१९ नेपालमा, मकवानपुर कहिले ?

तु खबर संवाददाता
२०७६ फाल्गुन २२,बिहीबार १२:१९

काठमाडौं, २२ फागुन । मिस वर्ल्ड २०१९ विजेता टोनी–एन सिंह नेपाल आइपुग्नु भएको छ । उहाँ विहिबार मध्यान्ह त्रिभुवन विमानस्थलमा उत्रिनु भएको छ ।

संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा नेपाल आउनु भएकी सिंहसँग मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आउनु भएको छ ।

यसगरै यो टिम मकवानपुरको कैलाश गाउँपालिका आउने पूर्वानिर्धारित कार्यक्रम छ । यो टोलीले मिस वर्ल्डमा ‘विउटी विथ पर्पोज’ जितेको भिडियोमा देखाइएको मकवानपुर र सिन्धुपाल्चोक जिल्लासमेत भ्रमण गर्ने मिस नेपाल आयोजक हिडेन ट्रेजरले जनाएको छ ।

मिस नेपाल २०१८ की बिजेता तथा मिस वल्डमा प्रभावशाली प्रस्तुती दिनु भएकी मकवानपुरे चेली श्रृंखला खतिवडाले निर्माण गरेको स्वास्थ्य चौकी हेर्न मिस वर्ल्डसहित आयोजक मकवानपुरको कैलाश आउन लाग्नु भएको हो ।

मिस नेपाल २०१८ का बिजेता श्रृंखला खतिवडाको नेतृत्वमा मिस वल्ड २०१९ टोनी, मिड वल्र्ड आयोजक संस्थाकी अध्यक्ष मोर्ले, निर्देशक डगलेस, मिस नेपाल २०१९ का बिजेता अनुष्का श्रेष्ठ मकवानपुरको कैलाश गाउँपालिका आउन लागेको गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले जानकारी दिनु भयो ।

फागुन २३ गते कैलाश गाउँपलिका वडा नं. ७ स्थित ङिको स्वास्थ चौकी ताम्लाङमा आउने कार्यक्रम रहेको मोक्तानले बताउनु भयो । उहाँले उक्त कार्यक्रममा सहभागिताका लागि सबैलाई आग्रह गर्नु भएको छ । उक्त अवसरमा गाउँपालिकाले विशेष कार्यक्रमको आयोजना गरेर उहाँहरुको स्वागत गर्ने तयारी गरिरहेको छ ।

मिस नेपाल–२०१८ शृंखलाको पहलमा मकवानपुरको विकट कैलाश गाउँपालिकाको ताम्लाङमा निर्माण भएको स्वास्थ्य चौकीमा उक्त टोली पुग्ने कार्यक्रम रहेको छ ।

शुमिस वर्ल्ड २०१८ को प्रतिस्पर्धाको लागि ‘ब्युटी अफ दी प्रपोज’ को रूपमा शृंखलाले ताम्लाङमा ङिको स्वास्थ्य चौकी निर्माण सुरु गर्नु भएको थियो ।

५५ लाख लागतमा निर्माण भएको स्वास्थ्य चौकीको गत मसि ६ गते बागमती प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले उद्घाटन गर्नु भएको हो ।

दुई संस्थाबीच २३ वर्षदेखिको सुमधुर सम्बन्ध रहँदै आएकोमा अहिले आएर पहिलो पटक मिस वर्ल्ड अर्गनाइजेसनका अध्यक्ष तथा मिस वर्ल्डले नेपाल भ्रमणमा आउनु भएको हो । तीन भ्रमणमा आएको मिस वर्ल्ड अर्गनाइजेसनको टोली सात मार्चमा फर्किने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*