हेटौंडेली स्टार अञ्जनको गोलले मनाङ उपाधि नजिक

हेटौंडा, २५ फागुन । हेटौंडाका फुटबल स्टार अञ्जन विष्टको निर्णायक गोलले पोखरामा जारी १८ औं आहा रारा गोल्डकपको सेमिफाइनलमा मनाङ मस्र्याङदीले स्थान सुरक्षित गरेको छ ।
मनाङले झापा–११ लाई १–० गोल अन्तरले पराजित गर्दै आहा रारा गोल्डकपको उपाधि नजिक पुगेको छ । पहिलो हाफ बराबरी खेलेको मनाङका लागि अन्जनले ७४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
झापाले मनाङको पोष्टमा केही राम्रा प्रहार गरे पनि गोल गर्नबाट भने चुक्यो । मनाङले एपिएफलाई पराजित गरी क्वार्टरफाइनल प्रवेश गरेको थियो भने मनाङले सोझै क्वार्टरफाइनल खेलेको हो।
मङ्गलबार हुने विभागीय टोली त्रिभुवन आर्मी र सङ्कटा क्लबबीचको विजेताले फागुन २९ गते मनाङसँग भेट निश्चित गर्नेछ। नेपाल पुलिस क्लब आयोजक सहारालाई पराजित गरी सेमीफाइनल प्रवेश गरिसकेको छ।