चितुवाको आक्रमणबाट वन अधिकृत श्रेष्ठ घाईते
पोखरा, ६ चैत । पोखरामा चितुवाको आक्रमणबाट जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठस घाइते हुनुभएका छन् ।
पोखरा महानगरपालिका–१३, मियापाटनमा आज बिहान ७ः०० बजेको समयमा चितुवाले आक्रमण गर्दा वन अधिकृत श्रेष्ठ घाइते हुनुभएका हुन् ।
चितुवाको आक्रमणबाट सशस्त्र प्रहरी हवल्दार ३६ वर्षीय फटिक मगर र पोखरा औद्योगिक क्षेत्रमा बस्ने ३० वर्षीय श्याम थापा पनि घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
घाइते वन अधिकृत श्रेष्ठ र हवल्दार थापाको सामान्य उपचारपश्चात घर फर्किनुभएको छ भने स्थानीय थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।