बेलायतमा कोरोनाको संक्रमणबाट अर्यालको मृत्यु
काठमाडौं १३ चैत । कोरोना भाइरसको कारण बेलायतमा अर्का एकजना नेपालीको मृत्यु भएको भएको छ ।
साउथ इस्ट लण्डनमा बस्दै आउनुभएको ४० बर्षीय प्रशान्त अर्यालको गत सोमबार निधन भएको थियो ।
कोरोना संक्रमणका कारण निधन भएको कुरा अस्पतालले मृतकका परिवारलाई जानकारी गराएको हो ।
बेलायतमा यस रोगको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ६५ पुगेको छ ।
यो समाचार रातोपाटीको सहयोगमा तयार पारीएको हो ।