मासु र अण्डा खाँदा कोरोना संक्रमण हुन्छ ?
मकवानपुर २४ चैत । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न देशैभर लकडाउन गरिएको छ । बीबीसीले जनाए अनुसार विश्वभर ७० हजारभन्दा बढीको कोरोनाकै संक्रमणबाट मृत्यु भइसकेको छ ।
नेपालको हकमा भने अहिलेसम्म ९ जनामा यो भाइरस देखिएको छ तर १ जना उपचारपछि स्वस्थ भइसक्नुभएको छ ।
विकसित मुलुकमासमेत यसले ठूलो जनधनको क्षति गराएको छ । नेपालमा पनि अहिलेनै उच्च सतर्कता अपनाउन नसके ठूलो जनधनको क्षति हुने निश्चित छ ।
लकडाउनमा मानिसहरु परिवारसंग बसेर माछा, मासु अण्डा खाने गरिरहनुभएको छ । मासु र अण्डा खाँदा कोरोनाको संक्रमण हुनसक्छ भन्ने हल्लाको कारण केहीले खानुभएको छैन । वास्तवमा मासु र अण्डा खाँदा कोरोना संक्रमण हुन्छ त, यसबारे हामीले जान्ने प्रयास गरेका छौँ ।
चिकित्सकहरुले पशु वा पन्छीबाट कोरोना सर्न सक्ने बताउनुभएको छ । यद्यपी मासु र अण्डा खानै हुँदैन भन्ने चाँही होइन । कोरोना भाइरस चिसो मौसममा बढी सक्रिय रहने भएकोले जोखिम हुन्छ तर राम्रोसंग पकाएर खाँदा कोरोना भाइरस नसर्ने चिकित्सकहरुको सुझाव छ ।
मासु वा अण्डा पकाउँदा राम्रोसंग पकाएर मात्र खाँने बानि बसाल्दा कोरोना मात्रै नभई अन्य जिवाणुको संक्रमण पनि नहुने चिकित्सकहरु बताउँनुहुन्छ ।