हेटौंडा १५ नम्बरलाई निर्माण व्यवसायी संघको खाद्यन्न सहयोग

तु खबर संवाददाता
२०७६ चैत्र २४,सोमबार २०:४५

मकवानपुर, २४ चैत । निर्माण व्यवसायी संघ मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नं. १५ लाई खाद्यन्न उपलब्ध गराएको छ ।

संघका अध्यक्ष श्याम ढकालले वडा अध्यक्ष महारत्न लामालाई सो खाद्यन्न सामग्री हस्तान्तरण गर्नुभएको हो ।

चामल १० किलो, दाल २ किलो, नून १ प्याकेट, तेल १ लिटर प्रतिपरिवारलाई हुने गरी २७ परिवारलाई उपलब्ध गराउन खाद्यन्न हस्तान्तरण गरिएको हो ।

अति विपन्नलाई राहत होस् भनी खाद्यन्न हस्तान्तरण गरिएको अध्यक्ष ढकालले तु खबरलाई बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*