बागमती प्रदेशमा संस्थागत क्वारेन्टाइनमा बस्नेको संख्या ६२
मकवानपुर ८ बैशाख । बागमती प्रदेशको १३ वटै जिल्लामा ३ हजार ३ सय १६ वटा क्वारेन्टाइन बेड तयारी अवस्थामा रहेको र ८ सय १ वटा बेड तयारी अवस्थामा रहेको सामाजिक विकास मन्त्रालय हेटौँडाले जानकारी दिएको छ ।
प्रदेशभरमा गरी ६२ जना संस्थागत रुपमा क्वारेन्टाइनमा बसिरहेका छन् भने होम क्वारेन्टाइनमा बसिरहेकाहरुको संख्या १२ सय ४५ रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा हालसम्म ३ सय ६७ वटा आइसोलेसन बेड तयारी अवस्थामा रहेको र ८ सय ७४ वटा तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आइसोलेसनमा रहेका विरामीहरुको संख्या १ सय ४० जना पुगेको छ ।