समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई बालुवाटार प्रवेश गर्न दिइएन

तु खबर संवाददाता
२०७७ बैशाख १७,बुधबार १९:३१

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बसिरहेको छ ।

तर उक्त बैठकमा समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई भने प्रवेश दिइएको छैन ।

कोरोनाको संक्रमण फैलनसक्ने भन्दै सुरक्षाकर्मीले पत्रकारहरुलाई गेटमै रोकेका छन् ।

बैठकको निर्णय पत्रकारहरु गेटमै कुरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*