महोत्तरीमा एउटै लक्षणका १२ विरामीको मृत्यु, पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी

महोत्तरी । अज्ञात रोगबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।
महोत्तरीको भंगाहा नगरपालिका वडा नम्वर ७ स्थित रुपनारायण सिंह दनुवारको आज बिहान मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ पुगेको हो ।
उनीहरुको कुन रोगको संक्रमणबाट ज्यान गएको भन्ने एकिन जानकारी अहिलेसम्म आएको छैन ।
भंगाहा–६ का ४८ वर्षीय पलट साह र ५५ वर्षीय भारतीय नागरिक मोतीलाल प्रजापतिको शनिबार मृत्यु भएको थियो ।
भंगाहा नगरपालिका–७ र बर्दिवास नगरपालिका–१२ एकआपसमा जोडिएका २ वस्तीमा विगत १० दिनभित्र १२ जनाको मृत्यु भएको हो ।
स्थास्थ्यकर्मीहरुले मृतक सबैमा एकै किसिमको लक्षण देखा परेको बताएका छन् ।
अचानक पेट दुखेपछि बान्ता आउने, झाडापखाला लाग्ने र बिरामीको मृत्यु हुने गरेको स्थानीय बताउँछन् ।
मृतकमध्ये केहीको आरडीटी परीक्षण गर्दा रिपार्ट नेगेटिभ आएको छ भने पीसीआर परीक्षणको रीपोर्ट आउन बाँकी छ ।