भीमफेदीमा आरडीटी पोजेटिभ देखिएको व्यक्ति गाउँपालिकाको कर्मचारी

मकवानपुर, भीमफेदीमा आज आरडीटी पोजेटिभ देखिएका व्यक्ति भीमफेदी गाउँपालिकामा कार्यरत एक कर्मचारी रहेको बताइएको छ ।
राजविराज घर भएका उनी हिजोमात्र गाउँपालिका आएका थिए । आज विहान परिक्षण गर्दा उनमा एन्टिबडी पोजेटिभ देखिएको हो । गाउँपालिकामा कार्यरत कर्मचारीमै एन्टिबडी पोजेटिभ देखिएपछि गाउँपालिकामा उच्च सर्तकता अपनाइएको छ ।
गाउँपालिका स्रोतले दिएको जानकारी अनुसार, एन्टिबडी पोजेटिभ देखिएपछि थप सर्तकता अपनाइएको र ती व्यक्तिको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र पठाइएको छ ।
गाउँपालिका कार्यालयमा थप सुरक्षा सतर्कता बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीले त्यहाँ थप सुरक्षाको प्रबन्ध मिलाएको छ ।