अपडेट – यस्तो छ नेपालगञ्जको अवस्था

तु खबर संवाददाता
२०७७ बैशाख २३,मंगलवार ०८:१६
file photo

नेपालगञ्ज । आज मंगलवार थप ७ जनामा कोरोना संक्रमण भेटिएको छ । एक बालिका ३ जना पुरुष र ३ जना महिलामा कोरोना संक्रमण भएको पुष्टी भएको हो नेपालगञ्ज ८ का २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना देखिएको हो।

नेपालगञ्जमा शुक्रबार एक जनामा र आइतबार १५ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको थियो ।

नेपालगञ्ज मात्रै हालसम्म २३ जना कोरोनाको संक्रमित भेटिएका छन् ।

नेपालगञ्जमा संक्रमितको संख्या थपिँदै गएपछि बाँकेमा सोमबार बसेको सर्वदलिय बैठकले तीन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने निर्णय गरेको छ। वैशाख २३ गते बिहान ११ बजेदेखि लागु हुने गरि वैशाख २५ गते मध्यरातीसम्म यो निर्णय लागू हुनेछ।

हाल देखिएका संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब परीक्षण प्रभावकारी रुपमा गर्नका लागि नेपालगञ्जमा तीन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने निर्णय गरिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*