मकवानपुर प्रहरीले हराएको मोटरसाइकल फेला पारी सम्बन्धित धनिलाई बुझायो

तु खबर संवाददाता
२०७७ बैशाख २४,बुधबार १६:३९

मकवानपुर । मकवानपुर प्रहरीले हराएको मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ ।

गत चैत्र ११ गते हेटौंडा–७ का दिनेश थापा मगरको ना ४२ प ७०७० नम्बरको मोटरसाईकल फेला पारी आज बुधबार सम्बन्धित धनिलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

३३ वर्षीय मगरले मोटरसाइकल हराएको भनि दिएको निवेदनको आधारमा खोजलताश गर्ने क्रममा प्रहरी चौकी हटिया मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त मोटरसाईकल फेला पारेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*