अस्पतालको आइसोलेशनबाट भागेका कोरोना संक्रमित नियन्त्रणमा

तु खबर संवाददाता
२०७७ जेष्ठ १,बिहीबार १४:३६

वीरगञ्ज । बुधबार अस्पतालको आइसोलेशनबाट भागेका दुई कोरोना संक्रमितलाई प्रहरीले नियन्त्रणम लिएको छ ।

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट भागेका भारतीय नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले एक जनालाई तिलाबे पुल र अर्कालाई हरिहरपुलबाट बुधबार नै नियन्त्रणमा लिएको जनाएको छ ।

दुवै जनालाई नियन्त्रणमा लिई नारायणी अस्पतालमा उपचारका लागि राखिएको छ । उनीहरु अस्पतालबाट किन भागे भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*