पीसीआर परीक्षणको दायरा बढाउन सर्वोच्चको आदेश
![](https://www.tukhabar.com/wp-content/uploads/2019/08/adalat-sarbochcha.jpg)
काठमाडौं । सरकारलाई कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायरा बढाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन सरकारलाई आदेश दिएको हो ।
अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाई गर्दै अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
कोभिड–१९ सँग सम्बन्धित रिट लिएर गएका निवेदकले अन्तरिम आदेशको माग गरे पनि अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन भनेको छ ।