भारतीय सीमा क्षेत्रमा काँडेतार
![](https://www.tukhabar.com/wp-content/uploads/2020/05/kadetar.jpg)
काठमाडौं । भारतले नेपाली भू–भाग अतिक्रमण गरेर लिपुलेकमा सडक निमार्ण गरेपछि ठोरी गाउँपालिकाले पनि सीमा क्षेत्रमा काँडेतार लगाएका छन् ।
सोही गाउँपालिका वडा नम्बर ३ का जनप्रतिनिधिले भारतको बिहारसँग सीमा जोडिएको झण्डै पाँच किलोमिटर क्षेत्रमा काँडेतार लगाएका हुन् ।
उक्त क्षेत्रमा ३३ लाख रुपैयाँको बजेटमा झण्डै ५ किलोमिटर दुरीमा काँडेतार लगाएको वडाध्यक्ष सूर्य लामाले जानकारी दिए ।
उक्त सीमा क्षेत्रमा २०७४ मंसिरबाटै काँडेतार लगाउन सुरु गरिएको उनको दाबी छ ।
ठूटे खोलादेखि ब्रह्मनगरसम्म गरी १९ वटा साना ठूला पिल्लर रहेको क्षेत्रमा काँडेतार लगाइएको उनले बताए ।