नेपाली सेनाको भेषमा लकडाउन उल्लङ्घन गर्नेको चेकजाँच, पोशाक लगाएर होटल चलाउने पक्राउ

तु खबर संवाददाता
२०७७ जेष्ठ ४,आईतवार १५:३२

काठमाडौं । नेपाली सेनाको भेषमा लकडाउन उल्लङ्घन गरी सवारीसाधन चलाउनेहरुको चेकजाँच थालेको छ ।

नेपाली सेनाले उपत्यकाको नयाँबानेश्वर, महाराजगञ्ज, कालीमाटी र थापाथलीमा सैनिक प्रहरी खटाइ चेकजाँच थालेको हो ।

लकडाउन उल्लङ्घन गरी सवारीसाधन चलाएको गुनासो बढेपछि आइतबार चोकचोकमा सवारीसाधन चलाउनेको चेकजाँच थालेको हो ।

त्यस्तै आइतबार महाराजगञ्ज क्षेत्रमा खटिएको टोलीले सैनिक पोशाक लगाएर होटल चलाउने व्यक्तिलाई पनि पक्राउ गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको सैनिक प्रहरी स्रोतको भनाइ छ ।

यस्तै अन्य केही शंकास्पद व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको सैनिक स्रोतको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*