नेपालको नयाँ नक्सा तथा निशान छाप अन्तर्राष्ट्रिय समुदायमा पठाउने तयारी

आजको पत्रपत्रिकाबाट / गोरखापत्र दैनिक
२०७७ जेष्ठ १०,शनिबार ०७:१३

नेपाल सरकारद्वारा अद्यावधिक गरिएको नेपालको नयाँ नक्सा तथा निशान छाप अन्तर्रा्ष्ट्रिय समुदायसहित सबैतिर पठाउने तयारी गरेको छ । सोही तयारीका क्रममा सरकारले नक्सा छाप्ने र निशान छाप परिवर्तनको कानुनी प्रक्रिया सुरु गरिसकेको छ ।

नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छाप र त्यसभित्र अद्यावधिक नक्सा राख्ने कानुनी प्रक्रिया सुरु गरेको हो । संविधान संशोधनको प्रस्तावसँगै नयाँ निशान छापमा अद्यावधिक नक्सामा सामेल कालापानी, लिपुलेक र लिम्पियाधुरा छापिने छ ।

नक्सा छापिने प्रक्रिया सुरु भएसँगै स्वदेश र अन्तर्रा्ष्ट्रिय समुदायलाई कहाँ – कहाँ पठाउने भन्नेबारेमा समेत मन्त्रालयले तयारी गरेर सूचीसमेत तय गर्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*