अपडेट – यसो भन्छन् कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले कैलाश गाउँपालिकामा आगालागी भएको पुष्टि गरेका छन् ।
तु खबरसंग कुराकानी गर्दै उनले आफु हेटौँडा भएको समयमा गाउँपालिकामा आगलागी भएको जानकारी दिए ।
जानकारी पाउनसाथ म गाउँपालिका जाँदै छु – उनले भने ।
विद्युत सर्ट भएकाले आगलागी भएको सूचना प्राप्त भएको छ उनले भने ।
उनका अनुसार आगलागीबाट गाउँपालिकाको महत्वपूर्ण कागजपत्र, विभिन्न आयोजना निर्माणको सम्झौता, इलेक्ट्रोनिक र मेसेनरी सामानहरु जलेर नष्ट भएका छन् ।