विरोध खतिवडाको यस्तो गज्जब भाषण !

तु खबर संवाददाता
२०७७ जेष्ठ २५,आईतवार १९:४४
Featured Video Play Icon

मकवानपुर । प्रतिनिधि सभाका सांसद विरोध खतिवडाले मदनभण्डारी प्राविधिक विश्वविद्यालय निर्माण गर्ने विषयमा विधेयक संसोधन भएर आउँदा मकवानपुरको नाममै गायब भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

संसदमा जारी विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै उनले प्रस्तावनाको क्रममा उक्त विश्वविद्यालय मकवानपुरको चित्लाङमा गरिने भनिएको भएपनि विधेयक संसोधन भएर आउँदा मकवानपुरको नाम नै गायब भएको बताए ।

त्यसैगरी उनले पहाडी भेगमा निर्माण गरिने झुलुङ्गे पुललाई केही परिमार्जन गर्नुपर्ने बताए । सबै क्षेत्रमा यातायातको पहुँच पुग्ने र सरकारको खर्चको समेत बचत हुने भएकोले झुलुङ्गे पुललाई प्राविधिकहरुसंग परामर्श लिएर परिमार्र्जन गर्नुपर्ने बताए ।

पहाडी भेगमा निर्माण गरिने झुलुङ्गे पुलमा २ पाङ्ग्रे र साना ४ पाङ्ग्रे सवारी साधन चलाउन सकिने गरी निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

राहत बाँड्यौँ भन्दै फेसबुकमा हाल्नेहरुलाई नै राहत दिनुपर्ने भैसक्यो

सांसद खतिवडाले लकडाउन सुरु हुँदा राहत वितरणमा सक्रिय भएका निकायहरु अहिले मौन भएको बताए । लकडाउन सुरु भएको हप्तादिनसम्म स्थानीय सरकार, प्रदेश सरकार र विभिन्न संघसंस्था राहत भन्दै दौडिए, तर १५÷२० दिन पुगेपछि ती राहत भन्दै फेसबुकमा फोटो हाल्नेहरु थाकेर सुतेका छन् र उनीहरुलाई नै राहत दिनुपर्ने अवस्था छ – उनले भने ।
संघीय सरकारले स्थानीय सरकारलाई राहत वितरण, क्वारेन्टाइन निर्माणलगायतका प्रयोजनका लागि केही रकम पठाउनुपर्ने उनले बताए ।

हाम्रा गृहमन्त्री हाँस्दा पानी पर्छ

सांसद खतिवडाले गृहमन्त्री बादलको कम बोल्ने स्वभावको आज व्यङ्ग्य गरे । जाँजा खेतिको विषयमा आफुले पटक–पटक कानून संसोधन गरेर बैधानिकता दिने विषयमा प्रस्ताव गरेपनि केही निचोड निस्कन नसकेको आशय व्यक्त गर्दै सांसद खतिवडाले गृहमन्त्री रामबहादुर थापा बादललाई व्यङ्ग्य गरे ।

उनले भने ‘ हुन त कयौँ मन्त्री धेरै बोलेर बिग्रिन्छन्, हाम्रा मन्त्री ज्यू बोल्दै नबोलेर समस्या ।’ उनले फेरी थपे ‘ बीरबल हास्यो भने पानी पर्छ भन्थे, हाम्रो मन्त्री ज्यू बोल्यो भने पानी पर्छ ।

तर फरक चाँही के छ भन्दा बीरबल हास्दा बादल नभएपनि पानी पर्छ तर हाम्रो मन्त्री ज्यू हाँस्दा बादलसहितको पानी पर्छ ।’

सांसद खतिवडाले जेल सुधार गर्नुपर्ने पनि बताए ।

आफुहरु सबै जेल बसेर आएको स्मरण गर्दै उनले जेल सुधार गर्नुपर्नेमा जोड दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*