समाजवादीको हृवीप, सरिता गिरीले भनिन्– संसदमै निर्णय सुनाउँछु
समाजवादी पार्टीले नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप जारी गरेको छ ।
संसदीय दलको शनिबार बसेको बैठकले सांसद सरिता गिरीलाई संशोधन फिर्ता लिन निर्देशन समेत लिएको छ । तर गिरी भने यसबारे सोचेर संसदमा जानकारी दिने बताएको एक सांसदले बताए । त्यसलगतै उनी बैठकबाट बाहिरिएकी छन् ।
बैठकले संशोधन विधेयकको पक्षमा मतदान गर्न सांसदहरुलाई हृवीप जारी गरेको सांसद प्रदीप यादवले जानकारी दिए ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सा जारी अनुसार नक्सा निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएको छ । यसमा समाजवादीकी सांसद गिरीले मात्र संशोधन हालेकी छन् ।
पार्टीले संशोधन फिर्ता लिन निर्देशन दिएपछि उनले फिर्ता लिएकी छैनन् ।
अनलाइन खबर