उपेन्द्र यादवले भने – प्रधानमन्त्रीसहित काँग्रेस र कम्युनिष्टका नेताहरुले माफि माग्नुपर्छ

तु खबर संवाददाता
२०७७ जेष्ठ ३१,शनिबार १५:१६
file-photo

मकवानपुर । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीसहितले नेपाली जनतासंग माफि माग्नुपर्ने बताएका छन् ।

उनले सुगौली सन्धिभन्दा पछाडि हटेर गरिएको महाकाली सन्धिमा राष्ट्रघात गरिएको बताएका छन् । यसका लागि अहिलेका प्रधानमन्त्रीसहित कांग्रेस र कम्युनिस्टका नेताहरुले माफी माग्नुपर्ने बताए ।

लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै अध्यक्ष यादवले सुगौली सन्धि आफैंमा अपमानजनक भएको
बताए ।

तर महाकाली नदीलाई सीमा नदी मानेको र पश्चिमको भागमा नेपालले आफ्नो दाबी छोड्ने प्रष्ट देखिएको बताए ।

कांग्रेस र कम्युनिस्ट नेताहरुलाई ‘राष्ट्रवादको नारा दिन्छौं, मधेसीहरुलाई गाली गर्छौं तर राष्ट्रघात हामी आफैं गर्छौं भनेर जनतासँग माफी माग्न आग्रह गरे ।

समाजवादी पार्टीका अध्यक्ष यादवले सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय समेत आफ्नो पार्टीले गरेको समेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*