संविधान संशोधन विधेयक २०७७ दुईतिहाई मतले पारित, अब नेपालको निसान छापमा लिम्पियाधुरासहितको नक्सा

तु खबर संवाददाता
२०७७ जेष्ठ ३१,शनिबार १८:०१
file-photo

काठमाडौँ । नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ दुईतिहाई मतले पारित भएको छ ।

शनिबार बसेको संसद बैठकमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा अनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको उक्त विधेयक बहुमतले पारित भएको हो ।

सभामुख अग्नी प्रसाद सापकोटाले सो विधेयक दुईतिहाई मतले पारित भएको घोषणा गरेका हुन् ।

बैठकमा २५८ जना सहभागी थिए ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले संसद बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

सोही प्रस्तावमाथि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेता रामचन्द्र महतो र उपेनद्र यादव लगायत विभिन्न दलका नेताहरुले आआफ्नो धारणा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*