यी हुन् संशोधन विधेयकको मतदान प्रक्रियामा अनुपस्थित हुने १२ सांसद

तु खबर संवाददाता
२०७७ जेष्ठ ३१,शनिबार १९:०७
file photo

मकवानपुर । नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ आज शनिबार प्रतिनिधिसभाबाट दुईतिहाई मतले पारित भयो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा अनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको उक्त विधेयक बहुमतले पारित भएको सभामुख अग्नी प्रसाद सापकोटाले घोषणा गरे ।

प्रतिनिधिसभामा २७५ सांसद छन् । तर, विधेयकको मतदान प्रक्रियामा २५८ जना मात्रै सहभागी थिए ।

विधेयक प्रक्रियामा अन्य १२ जना भने अनुपस्थित रहेका थिए । अनुपस्थित भएकामध्ये सरिता गिरी बैठक बहिस्कार गरेर हिँडेकी थिइन् ।

यी हुन् अनुपस्थित हुने १२ सांसद

–अम्रिता देवी अग्रहरी
–गोपालबहादुर वम
–सरिता गिरी
–धनबहादुर बुढा
–नगेन्द्र कुमार
–शिवकुमार मण्डल
–प्रमोद शाहा
–सूर्यनारायण यादव
–सूर्य केसी
–हरिबोल गजुरेल
–ज्ञानकुमारी छन्त्याल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*