कोरोना संक्रमित ३ नेपाली यूएईमै रोकिए 

तु खबर संवाददाता
२०७७ असार ७,आईतवार १०:३१

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमित ३ जना नेपाली यूएईमै रोकिएको छ ।

नेपाल फर्कन तयारीको लागि गरिएको कोरोना परीक्षणमा ३ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरु यूएईमै रोकिएका हुन् ।

यूएईको आबुधाबीबाट आज १ सय ५१ जना नेपाली लिएर हिमालय एयरलाइन्सको जहाज नेपाल आएको छ ।

एच–९ ५६७२ नम्बरको उडानमार्फत् यूएईको समयअनुसार आइतबार बिहान ४ बजेर २० मा नेपालको लागि उडेको जहाज थियो ।

संक्रमित उनीहरूको यसपछिको रिपोर्टका आधारमा अर्को उडानमार्फत् स्वदेश फर्काइने यूएईस्थित नेपाल दूतावासले जनाएको छ ।

जहाजमा २ जना नाबालकसहित २६ महिला र १ सय २३ जना पुरुष छन् । नेपाल फर्किनेमा ज्येष्ठ नागरिक, महिला, आफन्त गुमाएका परिवारका सदस्य र भिजिट भिसामा आएर समस्यामा परेकाहरू रहेका दूतावासले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*