बहुसंख्यक सदस्यहरुको आरोप – नीति योजना आयोगलाई छायाँमा पारियो

तु खबर संवाददाता
२०७७ असार १९,शुक्रबार १४:५९

मकवानपुर । बागमती प्रदेशको आज शुक्रबार बसेको प्रदेश सभाको पहिलो बैठकमा सत्तारुढ दल र विपक्षी दलका प्रदेश सभा सदस्यहरुले प्रदेश नीति योजना आयोगलाई सरकारले बाइपास गरेको आरोप लगाएका छन् ।

प्रदेशसभा सदस्यहरुले आर्थिक मामिला तथा योजना मन्त्रालयले नै सो आयोजनाको सक्रिय भूमिकानै आफुले निर्वाह गरेको भन्दै आरोप लगाएका हुन् ।

आर्थिक मन्त्रालयले बजेटको बाँडफाँड, योजनाको प्रोफाइल र प्रोजेक्ट बैँकको भूमिकालाई निस्कृय तुल्याउँदै आयोगको भूमिका छायाँमा पारेको सांसदहरुले आरोप लगाए ।

त्यसैगरी अर्थमन्त्रीले बजेट सार्वजनिक पुस्तकको प्रकाशन, योजना प्रोफाइलको भूमिका आफ्नै मन्त्रालयले निर्वाह गर्दैगर्दा राष्ट्रिय महत्वका योजना र अन्य योजनाहरु वितरणमा पक्षपात भएको र सरकारमा रहेका मन्त्रीहरुलाई मात्रै बढी सुविधाजनक योजना र बजेट समावेश गरिएकोमा उनीहरुले चिन्ता व्यक्त गरेका थिए ।

उक्त विषयमा प्रदेश सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले नीति योजना आयोगलाई मन्त्रालयले निस्कृय बनाउन नखोजेको स्पष्टीकरण दिएका छन् ।

उनले सो आयोगलाई प्रभावकारी ढंगबाट योजनाको प्रोफाइल तयार, बजेटको बाँडफाँड र प्राजेक्ट बैँकलाई गतिशील तुल्याउन सरकार कटिबद्ध रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*