२५ किलोग्राम चाँदीसहित दुई जना पक्राउ
बारा । बारा प्रहरीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको २५ किलोग्राम चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बारा कलैया उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ३२ वर्षीय ईन्द्रदेव प्रसाद यादव र जिल्ला बारा प्रसौनि गाउँपालिका वडा नं. ६ बस्ने ३८ वर्षीय वकिल अँसारी रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उक्त परीणामको चाँदी र ना ६१ प ७२०४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
उनीहरुलाई प्रहरीले बारा कलैया उपमहानगरपालिका वडा नम्बर ११ विश्वम्भरपुर टोलस्थित सडकखण्डमा बुधबार चाँदीको पाउजु, झुम्का, सिक्रिलगायत विभिन्न थरीका तयारी गहना फेलासहित बुधबार पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय बिरगंज पठाइने तयारी भइरहेको बारा प्रहरीले जनाएको छ ।