तु–खवरकर्मीको ११ लाखको बीमा

तु खबर संवाददाता
२०७७ श्रावण ५,सोमबार १९:३०

मकवानपुर । देश विदेशमा ताजा समाचार र विचार प्रवाह गरिरहेको तु–खवर डटकममा सबै पत्रकार तथा कर्मचारीहरुको १० लाखको दुर्घटना बीमा र एक लाख रुपैयाँको कोरोना बीमा सहित कूल ११ लाख बीमाङ्कको बीमा गरेको छ ।

स्टेट भिजन प्रा.लि.ले एभरेष्ट इन्स्योरेन्स कम्पनीको हेटौडा शाखामा तु खवर डटकमका सम्पादक, संवाददाता र व्यवस्थापनमा खटिएका सबैको जनही १० लाखको सामूहिक दुर्घटना बीमा गरिएको स्टेट भिजन प्रा.लिका अध्यक्ष गिरिजा अधिकारीले बताए ।

पत्रकार तथा कर्मचारीहरु दुर्घटनामा परेमा अधिकतम् एक लाख रुपैयाँसम्मको औषधी उपचार खर्च समेतको बीमा दावी गर्न सकिने गरी सो बीमा सम्झौता गरिएको कम्पनीले जनाएको छ ।

कोरोना महामारीका बिचमा पत्रकार तथा कर्मचारीको मनोबल बृद्धि गर्न एक लाख रुपैयाँको कोरोना बीमा समेत गरिएको कम्पनीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*