सरकारले भन्यो – सकियो लकडाउन

तु खबर संवाददाता
२०७७ श्रावण ६,मंगलवार १९:४७

काठमाडौँ । नेपाल सरकारले कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनिकरण गर्नको लागि गरेको लकडाउन अन्त्य भएको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डाक्टर युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन मंगलबार राति १२ बजेपछि अन्त्य हुने जानकारी दिएका हुन् ।

सरकारले लकडाउनको अन्त्य हुने बताएपनि केही विषयमा प्रतिबन्ध कायम हुने जनाएको छ ।

स्कुल कलेज, डान्सबार, शैलुनलगायत बन्द हुनेछन् ।

सरकारले गत चैत्र ११ गतेदेखि देशैभर लकडाउन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*