राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी
सप्तरी । सप्तरीको सदरमुकाम राजविराजमा अनिश्चितकालको लागि निषेधाज्ञा जारी गरिएको छ । विहिबार भोलि विहान ५ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको हो ।
बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिकाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।
अति आवश्यक बाहेकका सबै सेवा बन्द गर्न र अन्य सेवारस्थलहरु अनावश्यक आवत जावत, हिंडडुल गर्न नदिने गरी निषेधाज्ञा लगाइएको छ ।