भीमफेदी ८ टोड्केमा बिजुली पुगेपछि स्थानीय मख्ख
मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्वर ८ महाभीर टोड्केमा बिजुली विस्तार गरिएको छ ।
गाउँपालिकाको ग्रामिण बिधुतिकरण कार्यक्रम अन्तरगत वडा नम्वर ८ का ४१ घरमा बिजुली विस्तार गरिएको गाउँपालिकाका योजना प्रमुख बद्री सापकोटाले जानकारी दिए ।
गत आर्थिक वर्ष ०७६/७७ मा रु १० लाख बजेट विनियोजन गरी ग्रामिण विद्युतिकरणको कार्यक्रम अन्तरगत बिजुली विस्तारको काम गरिएको उनको भनाई छ ।
सोही कार्यक्रम अन्तरगत हाल ४१ घरधुरीमा बिजुली विस्तार गरिएको र साउनको अन्त्यसम्ममा कूल १ सय २६ घरधुरीमा बिजुली पुयाईने लक्ष्य रहेको उनले बताए । भीमफेदी गाउापालिकाका अध्यक्ष हिदम लामाले बिजुली बालेर आज उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष लामाले वडा नम्वर ८ को विभिन्न बिकट क्षेत्रमा बिजुली, खानेपानी र सडक जस्ता पूर्वाधारको विकास गरिने बताए ।
घरमा बिजुली बलेपछि स्थानीय निकै हर्षित बनेका छन् ।
उनीहरुले भीमफेदी गाउँपालिका लगायत ग्रामिण बिद्युतिकरणमा मद्धत गर्ने सबैपति आभार व्यक्त गरेका छन् ।