नेकपासहित विभिन्न पार्टी छोडेर एक सय जना कांग्रेसमा प्रवेश

तु खबर संवाददाता
२०७७ श्रावण १३,मंगलवार १६:३३

मकवानपुर । नेकपासहित विभिन्न पार्टी छोडेर एक सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीमा भएको वडा भेलामा विभिन्न पार्टी परित्याग गरी एक सय जना कांग्रेसमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति इन्द्रबहादुर बानियाँ लगायतका नेताहरुले स्वागत गरेका थिए ।

कांग्रेस प्रवेश गरेका उनीहरुले २००७ सालदेखि अहिलेसम्म निरन्तर जनतामाझ रहेको पार्टी कांग्रेस नै भएको बताए । राजनैतिक परिवर्तनको नेतृत्व गरेको पार्टी र जनताको सुख दुःखमा साथ दिने पार्टी कांग्रेस भएकाले कांग्रेसमा प्रवेश गरेको उनीहरुको भनाई थियो ।

भेलाले रजिना राना मगरको संयोजकत्वमा महिला संघ वडा कार्यसमिति गठन गरेको छ ।

समितिको उप–संयोजकमा जुमा लामा, सचिव लक्ष्मी गोले, सहसचिवमा सुमित्रा नगरकोटी, कोषाध्यक्षमा चिनिमाया लामा, सदस्यहरुमा कोपिला स्यांतान, साइली लामिछाने, सम्झना राना मगर, सानुकान्छी राना, विमला लामा लगायत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*