थाहा नगर क्षेत्रमा निषेधाज्ञा लगाउन सिफारिस

तु खबर संवाददाता
२०७७ भाद्र २,मंगलवार १६:३३
file-photo

थाहानगर, मकवानपुर । थाहा नगरपालिकाले आफ्नो क्षेत्रमा निषेधाज्ञाको आदेश जारी गरिदिन जिल्ला सुरक्षा समिति, जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई सिफारिस गरेको छ ।

आज २ गते राति १२ बजेबाट लागू हुने गरी ७ दिनका निषेधाज्ञाको आदेश जारी गरिदिन थाहा नगरपालिकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई सिफारिस गरेको हो ।

बढ्दो कोरोनाको जोखिम नियन्त्रणका लागि अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु सञ्चालन नगर्ने गरी निषेधाज्ञाको आदेश जारी गरिदिन नगरपालिकाले सिफारिस गरेको हो ।

जिल्ला सुरक्षा समितिको वैठक बसेपछि आवश्यक निर्णय हुनेछ ।

यस अघि मकवानपुरको हेटौंडा उपमहानगरक्षेत्र र मनहरी गाउँपालिकाको राजमार्गसँग जोडिएको आसपासको क्षेत्रमा निषेधाज्ञा लगाइको थियो । भदौ ९ गतेसम्मको लागि यि क्षेत्रहरुमा निषेधाज्ञा लगाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*