पूर्वराजा, राष्ट्रपति र प्रधानमन्त्रीले यसपालि सर्वसाधारणलाई दसैंको टीका नलगाइदिने
काठमाडौं । यसपालि पूर्व राजा ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई दिका नलगाईदिने भएका छन् ।
यसपालि कोरोना भाइरसको महामारीका कारण पूर्वराजा शाह, राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने भएका हुन् ।
पूर्वराजाले शनिबार औपचारिकरुपमै टीका नलगाइदिने घोषणा गरिसकेका छन् । तर, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयले त्यस्तो औपचारिक घोषणा गर्न बाँकी छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसका कारण सर्वसाधारणलाई टीका नलगाउने तयारी गरिरहेको शीतलनिवासले जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने तयारी गरेको स्रोतले जनाएको छ ।