मीन बानियाँको ‘अर्काको देशमा’ सार्वजनिक

तु खबर संवाददाता
२०७७ कार्तिक ४,मंगलवार १६:०७

मकवानपुर । गीतकार मीन बानियाँको ‘अर्काको देशमा आँशु छ आँखामा’  बोलको भिडियो सार्वजनिक भएको छ ।

गायक शुलभ लोहनीको स्वर मा रहेको गीतको म्यूजिक  भिडियो युट्युबमा सार्वजनिक भएको हो । गीतको संगीत समेत लोहनीकै छ । चन्द सिंहको संगीत संयोजन रहेको उक्त गीतको भिडियोमा ध्रुव दत्ता र श्यालेन हेंडरसनको अभिनय रहेको छ ।

भिडियो अरुको देशमा रहेर सहनु परेको पीडाको विषयमा समेटिएको छ । बैदेशिक रोजगारी, यसको पीडा र नेपालीहरुको स्वदेश फिर्तीको उत्कट चहाना गीतमा प्रतिबिम्बित भएको छ । यसअघि बानियाँको लेखनमा आकाश पनि सानै लाग्छ बोलको भिडियो सार्वजनिक भएको थियो ।

हेर्नुहोस् भिडियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*