अस्पताल भवनको निर्माण तोकिएको समयमै सम्पन्न गर्न सांसद खतिवडाको आग्रह

तु खबर संवाददाता
२०७७ मंसिर १५,सोमबार १७:१९
file-photo

मकवानपुर । प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लगानीमा मकवानपुरका ५ वटा स्थानीय तहमा निर्माण हुन लागेको अस्पतालका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको बताएका छन् ।

थाहा नगरपालिकामा १५ शैय्याको अस्पताल भवनको शिलान्यास गर्दै खतिवडाले निर्माणको काम तोकिएको समयमै सम्पन्न गर्नुपर्ने र त्यसका लागि जस्तोसुकै सहयोग गर्न आफु तयार रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि खतिवडाले देशैभरका ३ सय ९६ वटा स्थानीय तहमा ५ देखि १५ शैय्याको अस्पताल निर्माण गर्न लागिएको भन्दै आजको दिन ऐतिहासिक महत्वको दिन भएको बताए ।

त्यसैगरी बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले मकवानपुरका ५ वटा स्थानीय तहमा एकैदिन अस्पताल भवनको शिलान्यास भएकोमा खुशी व्यक्त गर्दै यसको निर्माणमा सबै पक्ष गम्भीर हुनुपर्ने बताईन् ।

थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टले आफ्नो बाँकी कार्यकाल भित्रै पालुङ् प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्दै अस्पताल स्थापना गर्ने बताएका छन् । नगरपालिकाको मापदण्ड अनुसार अस्पतालको विस्तृत परियोजना प्रस्ताव डिपिआर समेत तयार भइसकेको उनले बताए । हप्तादिन भित्रै बोलपत्र आह्वान गरी निर्माको कामलाई तीब्रता दिइने उनले बताएका छन् ।

आज मकवानपुरको मनहरी गाउँपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका र इन्द्र सरोवर गाउँपालिकामा समेत क्रमश १५/१०/१० र ५ शैय्याको अस्पताल भवन शिलान्यास गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*