सरकार जनताप्रति जिम्मेवार हुनुपर्नेमा प्रचारमुखी भयो : उपाध्यक्ष पोखरेल

तु खबर संवाददाता
२०७७ मंसिर २६,शुक्रबार १७:४०

मकवानपुर । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोखरेलले सरकार र सत्ताधारीहरु जनताप्रति जिम्मेवार र उत्तरदायी हुनुपर्नेमा प्रचारमुखी भएको बताएका छन् ।

आज हेटौंडामा आयोजित नेपाल पत्रकार महासंघ मकवानपुरको १६ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उपाध्यक्ष पोेखरेलले सत्ताधारीहरुमा प्रचारमुखी सोच हाबी भएको बताए ।

‘राम्रो काम गर्ने सरकारको दायित्व हो, मिडियाले अचम्मै गर्यो भनेर गुनगान गाउन जरुरी छैन, हामीले राम्रोका लागि सचेत गराउने हो, जहाँ कमजोरी भएको छ त्यसलाई औँल्याउने हो’ उनले भने ।

त्यसैगरी लोककल्याणकारी र समानुपातिक बिज्ञापन प्राप्त गर्ने सन्दर्भमा तीनै तहका सरकारले कुनैपनि संचारगृहलाई पक्षपात गर्न नहुने उनले बताए ।

‘समानुपातिक बिज्ञापन प्राप्त गर्ने कुरा संचारगृहको अधिकारको विषय हो, त्यसका लागि मिडियाले कसैको गुनगान गाउन सक्दैन’ उनले भने ।

संचारगृह सत्तापक्ष र प्रतिपक्षको बिचमा रहेर सदैब सत्यतथ्य र निश्पक्ष समाचार जनतासामु सम्प्रेषण गर्नुपर्ने र यहीनै पत्रकारिताको धर्म भएको उनको भनाई छ ।

उनले पत्रकार महासंघ बलियो भएमात्रै श्रमजिवी पत्रकार बलियो हुने भएकोले सबै पक्षबाट संस्थागत विकासको लागि एकजुट हुन आग्रह गरे ।

श्रमजिवीको हकहितका लागि जस्तोसुकै परिस्थितीको पनि सामना गर्न पत्रकार महासंघ तयार गरेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*