छविको क्यामेरामा कैद मकवानपुरका यी लोभलाग्दा तस्वीर !
छवि अनित्य
२०७७ मंसिर २८,आईतवार ०९:०१
मकवानपुर । कोरोना प्रकोपले थलिएको पर्यटनलाई उकास्न आन्तरिक पर्यटन प्रबद्र्धनका लागि मकवानपुरमा प्रशस्तै सम्भावनाहरु छन् ।
त्यसमध्येको एउटा सम्भावना बोकेको क्षेत्र थाहा नगरपालिका तथा इन्द्रसरोवर र भीमफेदी गाउँपालिकाको संयुक्त पर्यटन हो ।
बागमती प्रदेशको राजधानी हेटौंडा आउने आन्तरिक पर्यटकलाई लक्षित गरी एकदिने पर्यटन रुटको विकास गर्न सकिन्छ ।
यसमा त्रिभुवन राजपथको लामिडाँडा, रानीभन्ज्याङ हुँदै सिमभन्ज्याङ, दामन, कुन्छाल, मार्खु–कुलेखानीसम्मको प्राकृतिक एवम् साँस्कृतिक भ्रमण गराउन सकिन्छ ।
यस्तै चिसापानीगढी र भीमफेदीको ऐतिहासिक महत्वलाई पनि यही रुटबाट समेट्न सकिन्छ ।