कृषि क्षेत्रमा विदेशी लगानी भित्रन नदिने मेयर महतको प्रतिबद्धता

तु खबर संवाददाता
२०७७ पुष २५,शनिबार १६:२३

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उपमहानगरपालिका क्षेत्रका कृषि क्षेत्रमा विदेशी लगानी भित्रन नदिने प्रतिवद्धता जनाएको छन् ।

मकवानपुर कुखुरा व्यावसायी संघको १४ औ साधारणसभा तथा चौथो बिशेष अधिवेशनको आज उद्घाटन् गर्दै उनले सो कुराको प्रतिवद्धता जनाएका हुन् ।

उनले आफ्नो घरमा पनि कुखुरा पालन गरिरहेको बताउँदै किसानलाई प्राथमिकता दिएर स्थानीय सरकारले काम गर्ने उल्लेख गरे ।

मकवानपुरका कुखुरा व्यावसायी संघका लागि स्थानीय सरकारले जग्गा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा पत्रकार महासंघ मकवानपुरले स्थापना गरेको जेष्ठ पत्रकार पेन्सन कोषका लागि ५१ हजार १ सय रुपैयाँ हस्तान्तरण गरिएको छ । संघका अध्यक्ष राजु अधिकारी र प्रअ मेयर महतले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईलाई चेक हस्तान्तरण गरेका हुन् ।

संघले तु खबर डटकमका सम्पादक गिरीजा अधिकारीलाई अग्रज पत्रकारको रुपमा, नगद ११ हजार १ सय ११ सहित सम्मान पत्र हस्तान्तरण गरेको थियो भने कान्तिपुर दैनिक मकवानपुरका संवाददाता सुवास विडारी र समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठलाई पनि नगद ११ हजार १ सय ११ सहित सम्मान गरेको हो ।

संघका अध्यक्ष राजु अधिकारीको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, कुखुरा व्यवसायी संघका निवर्तमान अध्यक्ष पुर्णध्वज खड्का, कुखुरा व्यवसायी हेम अधिकारीलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*